८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कृष्णनगर नगरपालिकाको बजेट ८३ करोड



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले आव २०७८/७९ का लागि ८३ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ ।

बिहीबार कृष्णनगर नगरपालिकाको छैंठो नगरसभामा नगर प्रमुख रजत प्रताप शाहले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको हो ।

आब ०७८/०७९ संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण शसर्त अनुदान, राजस्व बांडफांड, समपुरक अनुदान, विशेष अनुदान, मौज्दात रकम र ३ करोड आन्तरिक आय लागत सहभागिताबाट ८३ करोड ३ लाख ९२ हजार ४८४ बजेट विनियोजन गरिएको प्रमख प्रशासकिय अधिकृत विजय बहादुर कार्कीले बताउनुभयो ।

यस बर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ तथा आवश्यक पुर्वाधारर केही बहुबर्षिय योजनाहरुमा बजेट बाँडफाँँट गरिने नगर प्रमख शाहले बताउनुभयो । उहाँले अबको योजना कार्यक्रममा समाजिक विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : ११ असार २०७८ शुक्रबार ००:००  ६ : १२ बजे