८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिवराज नगरपालिकाले ल्यायो १ अर्ब ११ करोडको बजेट



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको शिवराज नगरपालिकाले आव ०७८/०७९ का लागि १ अर्ब ११ करोड बराबरको बजेट ल्याएको छ । विहीबार नवौं नगरसभामा शिवराजले नीति तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरेको हो । नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुले नगर सभामा प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा तर्फ २० करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै कृषिको क्षेत्रमा १ करोड १० लाख, पशु तर्फ ५० लाख, शिक्षा तर्फ ३ करोड ९ लाख, स्वास्थ्य तर्फ ३ करोड ७ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख नेत्रराज अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना संक्रमणले रोजगारी गुमाएका वर्गलाई स्वरोजगारमूलक कार्यक्रम, कृषि क्षेत्रको आधुनिकरण, शिक्षा क्षेत्रको गुणस्तरीयता कायम गर्नका लागि विभिन्न लोकप्रिय कार्यक्रम समेटिएको छ । यस्तै विगतमा अपुरा रहेका भौतिक विकासका कामहरुलाई निरन्तरता दिइएको छ ।

प्रकाशित मिति : १० असार २०७८ बिहिबार ००:००  ६ : ५१ बजे