काठमाडौं ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्दै बुधबार संवैधानिक इजलासले यस्तो आदेश गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवेदक रहेको मुद्दालाई मूल मुद्दा मानी आउँदो असार ९ गतेदेखि नियमित सुनुवाइ हुने अदालतको आदेश छ । अरु मुद्दालाई लगाऊ मुद्दाको रुपमा राखिएको छ ।
प्रतिक्रिया