८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ल्याङल्याङ अति भयो, आउनेलाई स्वागत गरौं, असंभव कोशिस छोडौं : सूर्य थापा



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी एकताका लागि भएका प्रयास असम्भव भएका बताएका छन् ।

उनले माधव नेपाल पक्षका शर्त स्वीकारेर एकता नहुने पनि बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले एकता प्रयासलाई ब्यङ्ग्यात्मक पारामा भनेका छन्, ‘तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ ।’

थापाले नेपाल पक्षले एकताका लागि अति ल्याङल्याङ गरेको बताएका छन् ।

‘ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिस छोडौं ।’, थापा लेख्छन् । ‘माधवकुमार नेपालका शर्त स्वीकारेर त एकता हुँदैन । यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो । अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असंभव कोशिस छोडौं ।’

अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन । यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरू एकता होला।तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ । ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असंभव कोशिस छोडौं ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८ मंगलबार ००:००  १२ : ०६ बजे