८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोनाले ९२ जनाको मृत्यु, ४४ सय ७२ संक्रमित थपिए



काठमाडौं ।

देशभर कोरोनाका कारण गत २४ घण्टामा ९२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कूल मृतकको संख्या ७ हजार ९ सय ९० पुगेको छ।

यो अवधिमा ४ हजार ४ सय ७२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। १२ हजार २ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १ सय २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएका छन्। काठमाडौंमा ७ सय ९०, ललितपुरमा १ सय ९० र भक्तपुरमा १ सय ३५ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ५ : ५१ बजे