८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रधानन्यायाधीश बिरामी परेपछि संवैधानिक इजलास स्थगित



काठमाडौं ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बिरामी परेकोले आजको इजलास नतोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । कुरा गर्दै ढकालले भने, सम्माननीय जूलाई सञ्चो नभएर आजको इजलास नतोकिएको हो। अब कहिले तोक्ने बेलुकासम्म टुंगो लाग्छ।’

आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। संवैधानिक इजलासको आइतबारको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस केन्द्रित थियो। बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आएका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने बताएका थिए।

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च गएका शेरबहादुर देउवासहित १ सय ४६ सांसद पक्षका कानुन व्यवसायीले भने वरिष्ठताका आधारमा इजलास गठन गरिएकाले अब इजलासबारे नभई निवेदनमाथि बहस हुनुपर्ने माग गरेका थिए।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ११ : २४ बजे