८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पार्टी एकता हुन नदिने डिजाईनका साथ ओलीको वक्तव्य आयो : नेतृ झाँक्री



काठमाडौं ।
नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको एकता प्रस्ताव एकताको लागि नभएर आफूहरुलाई झुक्याउन, अलमलाउन र मिडिया खपतको लागि आएको टिप्पणी गरेकी छिन् । ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले भनेकी छिन्-“गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ । यो कसले फिर्ता लिनेरु फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र ? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ । हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन । त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो । यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु । बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ ।”

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ७ : ४६ बजे