८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुमा जेठ ३१ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गतेसम्म जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा पछिल्लो निषेधाज्ञाको समय २४ गते राति १२ बजे सकिदै छ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिले फैलिरहेकाले त्यसको नियन्त्रण गर्न निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस

जेठ ३१ सम्म निशेधाज्ञा थप्ने कपिलवस्तु प्रशासनको सुर, नथप्न जनप्रतिनिधिको दबाब !

प्रकाशित मिति : २३ जेष्ठ २०७८ आइतबार ००:००  २ : ४० बजे