काठमाण्डौ ।
राउटे समुदायका दुई जना युवतीलाई यौन दुर्व्यवहार गर्ने सुर्खेतका तीन युवा पक्राउ परेका छन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका -९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
राउटे समुदायका दुई जना युवतीलाई होटलमा लगेर जाँडरक्सी खुवाइ यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
अहिले राउटे समुदाय गुर्भाकोट नगरपालिकामा बस्दै आएका छन् । घटनाको अनुसन्धान गरिरहेको र राउटे बस्तीमा प्रहरीको टोली गएको डीएसपी घर्तीले जानकारी दिनुभयो ।
प्रतिक्रिया