८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शान्तिको कामनासहित यस वर्ष (२५६५औं) को बुद्धजयन्ती मनाऔं



सञ्जय पन्थी ।
बैशाख पूर्णिमा भन्ने बित्तिकै नेपाली जनमानसमा बुद्ध पूर्णिमा भनिरहन पर्दैन् । जन्म,दुःख हो ! दुःखको, कारण छ ! दुःखबाट मुक्ती पनि छ ! भन्ने कुराको उपदेश बुद्धको जीवनबाट पाउन सकिन्छ । उनलाई पश्चिमा मुलुकहरुले ‘लाईट अफ एशिया’ भनेर चिन्ने गरेका छन् । साथै एशियामा शान्तिका अग्रदुत भनेर पनि चिन्ने गरिन्छ । बर्षमा एक दिन भएपनि हामी नेपालीले उनलाई अन्तर हृदयबाट संझिरहेका हुन्छौं ।

बैशाख पूर्णीमा अर्थात आज कैं दिन । संसारिक मोहलाई त्याग गर्न सक्ने हो, भने जीवनमा मुक्ति संभव छ, भन्ने कुरालाई उनले प्रमाणित गरिदिए । उनले जीवनको यर्थाथताको आधार हो, त्याग !

‘सब्बपापस्य अकरणं
कुसलस्य उपसम्पदा
सचित्तपरियोदपंन,
एतं बुद्धानु शासनं ।’

उल्लेखित शब्द गान्धीको नित्य भजनावलीबाट साभार गरिएको हो । आजको बाद र विवेचना भन्दा शताब्दीयौं अघि उनले यही भुगोलबाट शान्तिका लागि एउटा बाद नैं थपि दिए । शान्तिबाद, अर्थात बुद्धम् शरणम् गच्छामी । बुद्धको जीवन दर्शन र चरित्रमा धार्मिक बुहार्तन भन्दा पनि सहनशिलता छ । त्यसैले हुनुपर्छ अहिंसाका पुजारी महात्मा गान्धीले भनेका छन्–शायद बुद्धको जीवन र दर्शनलाई बुझ्न नसकेको भए आजको आधुनिक युगमा मानवताका लागि यो आन्दोलन गरिरहँदा द्धन्द्ध समाधानको मार्ग पहिल्याउन मेरो अहिंसाको मार्ग निरर्थक हुने थियो ! गान्धीले भगवान बुद्धबाट जीवन मात्र हैन्, समाजमा दुःख पनि छ । दुःखको समाधान पनि छ, भन्ने सुत्र पहिल्याएका छन् ।

गान्धीले समाजको मुक्तीका लागि अन्याय कारण पहिल्याएर त्यहीबाट आन्दोलन उठान गर्थे ! उनको आन्दोलन जिन्दाबाद र मुर्दाबाद भन्दा पनि रचनात्मक रह्यो । चर्खा आन्दोलन, विदेशी समान बहिस्कार, खादी लगाऔं अभियान उदाहरण हुन् ।

गान्धीका स्वकिय सचिव मध्येका एक स्व.नारायण भाई देसाईका अनुसार गान्धीले द्धन्द्ध समाधानका लागि बुद्धको बानी ब्यवहार र चरित्र स्मरण गर्थे । उनले आफ्नो ११ व्रतमा बुद्धका पंचशिल सिद्धान्तलाई व्यवहारमा उतार्न सफल रहे ।

अहिंसाका लागि बुद्ध मन्त्र र उनले सुत्र सारणी मानेर अनुसरण गरे । साथैं गान्धीले आफ्नो नित्य प्रार्थानामा बुद्ध भजनबाट शुरु गर्थे । द्धन्द्ध समाधानका लागी मैंत्री, करुणा, मुद्धिता र उपेक्षा बुद्धका सुत्र हुन् । गान्धीले बौद्ध दर्शनबाट त्यो सुत्र उद्धरण गरेका थिए । यही सुत्रलाई गान्धीले आफ्नो जिवन सार्थक बनाउन उपयोग गरे । उनले बुद्धको आर्दश जीवन आधुनिक मावनजगतका लागि अमुल्य निधी, भनेका छन् ।

भारतीय उपमहाद्धीपमा भगवान बुद्ध पश्चात सत्यको व्रत साधक गान्धी नैं हुन् भन्दा अत्युक्ति नहोला । जसले अहिंसा र शान्तिका बारेमा सचेत र सु–सुचित पनि गरे । जसरी बुद्धले शान्तिको मार्गलाई पहिल्याए त्यसरी नैं गान्धीले अहिंसालाई अपनाए । साथै जीवनकालमा ब्यवहारमा उर्तान सफल रहे । गान्धीको भारत स्वतन्त्रताको आन्दोलनमा अहिंसालाई ढाल बनाए । उक्त आन्दोलनको जगमा बुद्धबाणी अर्थात मैत्री (स्नेह),करुणा (दया), मुद्धिता (प्रसन्नता) र उपेक्षता (तटस्थता) चार सुत्र छन् ।

जुनकुरा गान्धीले राष्ट्रिय स्वधिनताको आन्दोलनमा मुलमन्त्र बनाएर अपनाए । बुद्ध दर्शनबाट आजको विश्वले धरै कुरा अनुकरण गर्नसक्छ । र्दुभाग्य उल्लेखित चार सुत्रको ठीक विपरित बैमनुष्यता, निर्दयता, ईष्या र प्रतिशोधका कारण वर्तमान विश्व हिंसाबाट ग्रसित हुन पुगेको छ । त्यसबाट नेपाल पनि अछुतो छैन् ।

शान्तिको कामना गर्दैं आज कैं दिन पारेर उनै बुद्धलाई स्मरण गर्दा, उनले कसरी बुद्धत्व प्राप्त गरे भन्ने बिषय चाँख हुन सक्छ । २९ बर्षको उमेरमा दरबारको सुखसयललाई तिलाञ्जली दिए । ६ वर्षको कठिन तपश्या पश्चात ३५ औं बर्षमा बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त भयो भन्ने कुरा उनले कसरी थाह पाए ?

बौद्ध साहित्य अनुसार उनले ६ वर्ष तपश्या पश्चात बैशाख पूर्णिमा कै रातको पहिलो प्रहरमा उनलाई पूर्वानुस्मृती भयो । पूर्वानुस्मृतीबाट उनले पूर्व जन्मका बारेमा ज्ञान पाए । दोस्रो प्रहरमा ‘च्युत्तोपत्ति’ अर्थात जन्म र मरण बारेको ज्ञान प्राप्त भयो ।

तेस्रो प्रहरमा बोधी ज्ञान प्राप्त भयो । संयोगले उनको जन्म,मरण र ज्ञान प्रकट एउटै तिथिमा (बैशाख पूर्णिमाका दिन) भएको छ । भगवान बुद्धको आजभन्दा जन्म २५ सय ६५ (भगवान बुद्धको जन्म ईसापूर्व ५६७) वर्षअघि लुम्बिनीमा भएको हो । लुम्बिनी नेपालमा अवस्थित छ, अझै भन्नु पर्दा हामी यहीका बासिन्दा हौं । तत्कालिन समयको कपिलवस्तु राज्यका शाक्य वंशिय राजा शुद्धोधनका पुत्रका रुपमा उनको जन्म भएको थियो ।

राजा शुद्धोधनको दरवार हालको कपिलवस्तु सदरमुकाम तौलिहवा नजिक (तिलौराकोट) छ । जुन अहिले पनि पुरातात्विक स्थलका रुपमा संरक्षित छ । राजा शुद्धोधनका दुई महारानी थिए । महामाया र प्रजापति ।

वैदिककालिन कर्मकाण्ड एवंम हिंसात्मक यज्ञ विरुद्ध तीव्र प्रतिक्रिया भैरहेका बेला भगवान गौतम बुद्धको जन्म भएको हो । भगवान बुद्धले आचरणको शुद्धता र प्रयासद्धारा दुःख निरोधको संभव भन्ने कुरालाई सिद्ध गरे । भगवान बुद्धले आफ्नो संसारमा विद्यमान दुःख तथा त्यसबाट मुक्ती प्राप्त गर्न सकिन्छ भन्ने बुझेपछि त्यो कुरा सिद्ध गर्न लागे । त्यसका लागि आचारणको शुद्धीलाई ध्यान लिए । एकान्त बास र तपस्यालाई आत्मसात् गरे । दुःखबाट मुक्ति संभव छ, भन्ने कुरालाई मगन्ते संन्यासीको जिवनबाट उनले शिक्षा लिए ।

बुद्धले उरुवेल (गयामा) बुद्धत्व प्राप्त गरेपछि मानिसका लागि जुन मार्गको अनुरशण गर्न उपदेश दिएका छन् । उनका उपदेशको प्रमुख शिक्षा ‘अष्टांग मार्ग’को परिचय हो । सम्यक दृष्टि, संकल्प, कर्मान्त, जीविका, स्मृती,समाधि,…..

उल्लेखित अष्टांग मार्गको वर्णन उनले चार आर्य सत्य अन्र्तगत वर्णन गरेका छन् । चार आर्य सत्य (१) संसारमा सर्वत्र दुःख छ, (२) दुःखको कारण छ, (३) दुःखको निरोध संभव छ, (४) दुःख निरोधको मार्ग छ । बौद्ध दर्शनमा यी चार आर्य सत्यको अनुपम महत्व छ ।

आर्य सत्यबाट मानिसले मुक्तिको मार्ग छ, भन्ने कुरा बुझ्न सकिन्छ । उनको जीवनकालमा उपदेशको मुख्य उद्देश्य पनि त्यही थियो । प्रथम आर्य सत्यको अर्थ संसार दुःखबाट पीडित छ । जीवन दुःखमय छ । जन्म, बृद्धाअवस्था, रोग, मृत्यु, ईच्छित वस्तुको प्राप्त नहुनु,प्राप्त सुखको नष्ट हुनु,अप्रिय वस्तु तथा व्यक्तीसंगको सम्पर्क, प्रिय वस्तु र ब्यक्तिसँगको विछोड र वियोगको पीडा दुःख हो । सत्य दुःखको अकारण छैन् ।

त्यस बारेका १२ कारणलाई उनले आफ्नो उपदेशका क्रममा वर्णन पनि गरेको पाईन्छ । अविद्या दुःखको प्रथम मुल कारण हो । बौद्ध दर्शन अनुसार अविद्याको अर्थ हो, आत्माको स्वरुपलाई ठीकसँग नजान्नु वा बुझ्न नसक्नु हो । बौद्ध दर्शनमा दुःखको मुल कारण अविद्याका अतिरिक्त अन्य ११ कारण छन् । जुुन बिषयका बारेमा बौद दर्शनको लंका अवतार खण्डमा विस्तृत ब्याख्या गरिएको छ । संस्कार, विज्ञान, नाम रुप, षडयातन(जनेन्द्रिय), स्पर्श,वेदना, तृष्णा,उपदान,भव, जाती र जरा मरण आदी । दुःखको कारण अविद्याले बाहेक उल्लेखित ११ बिषय एक अर्कासँग अन्योन्श्रित छन् ।

बुद्ध दर्शनको महत्वपूर्ण विषय अष्टमार्ग नैं हो । उनले जीवनकालमा उपदेश दिदै भनेका छन्–कुनै पनि अतिवादलाई परित्याग गर्दैं मानिसले मुक्तिका लागि संतुलित मध्य मार्ग अनुशण गर्नु नैं उचित मार्ग हो । मानिस सन्यासबाद र भोगबादबाट बचेर मध्य (र्कम) मार्ग अपनाउनु नैं सच्चा मार्ग हुनेछ । त्यसो भन्दैमा सबैले कठोर तपस्यामा लीन भएर शरीरलाई कष्ट दिनु पनि उचित हैन् ।, बुद्धले भनेका छन्–संतुलित र मध्य मार्ग नैं मानव कल्याणका लागि सर्वाेत्तम मार्ग हो ।

बौद्ध दर्शन अध्ययन गर्दा बुद्धको उवदेशलाई विस्तारित रुपमा वर्णन गरेको पाईन्छ । भगवान बुद्धले पुर्नजन्मलाई विश्वास गर्दैैनन् । उनको यो विश्वासलाई दर्शनको अध्ययनमा ‘नैरात्म्यवाद’ भनिन्छ । मानिसले केवल आफ्नै प्रयत्नले मात्र निर्वाण प्राप्त गर्न सक्दछ, भन्ने भगवान बुद्धको विश्वास छ । निर्वाण प्राप्तीका लागि ईश्वर प्रार्थना आवश्यक छैन् भन्ने कुरामा जैन दर्शन तथा धर्मावल्मबीसँग उनको मतैक्यता छ ।

निर्वाण प्राप्तीका लागि पनि अष्टांग मार्गलाई उनले महत्व दिएका छन् । निष्ठापूर्वक आचरणबाट त्यो मार्ग अपनाउन संभव छ । त्यसका लागि सबैभन्दा पहिले गृहत्याग आवश्यक हुन्छ । गृहत्याग विना मानिस संसारिक मोहजालबाट मुक्ति हुनसक्दैन् । सन्यासको मार्ग नै एक मात्र र्निविकल्प भएको ठहर गर्दैं बुद्धले संयोगले बुद्ध पूर्णिमा कै दिन गृहत्याग गरेका हुन् ।

आफुले बुद्धत्व प्राप्त गरेपछि अति भोग तथा अति वैराग्यलाई परित्याग गर्दैं समस्त मानव जगतले मध्य मार्ग अनुसारण गर्नु उचित हुने उपदेश दिएका छन् । उनले यो पनि नविर्सन भनेका छन्–संसारमा सर्वत्र दुःख छ । दुःखको कारण जिवित रहने ईच्छा वा चाहनसँगै सुख प्राप्त गर्ने तृष्णा नैं हो । भगवान बुद्धले समस्त जीवन र संसारिक सुखलाई क्षणिक मानेका छन् । त्यसैको प्राप्तीका लागि मानिस दुःखी छ । संसारमा जुन कुरा अहिलेसम्म जारी छ । त्यही कुरालाई बुझाएर नैं उनले राजकुमार,महासान्त र धन कुवेरहरुलाई प्रव्रजित (भिक्षु) बनाएका थिए । भारतीय प्रसिद्ध ऐतिहासिक उपन्यासकार तथा लेखक आचार्य नरेन्द्रदेवले बैशालीकी नगर बधुमा लेखेका छन्–तत्कालिन समय भारतवर्षमा बुद्ध र आम्रपालीको राप र चापबाट आंतक छाएको थियो ।

राजकुमार, कुलपुत्र र महासान्त पुत्रहरु यी दुई मानपका समीप नपरी बच्न असंभव जस्तै थियो । एकातिर बुद्धका शरण गएर भिुक्षु हुनेहरु थिए, भने अर्कातिर बैशालीकी नगरबधु (नगरवेश्या) आम्रपालीको सुन्दरता र कामुकताबाट बच्न युवाहरुलाई अति नै गाह्रो थियो ।” कतिपय राजकुमारले राजपाठ त्याग समेत गरेका थिए ।

भगवान बुद्धका जन्मका बारेमा पनि चाँख लाग्दो किंवदन्ती छ । रानी महामायाले गर्भधराण गर्र्नु अघि नैं सपनामा अषाढ शुक्ल पूािर्णमाको राती अनौठो दृश्य देखेकी थिईन् । त्यसपछि उक्त सपनाका बारेमा ज्योतिषीलाई सुनाउदा राजगृहमा पुत्रयोग रहेको जानकारी गराएका थिए । साथै ज्योतिषीले उक्त बालक राज्य संचालनमा आशक्त भए चक्रवर्ती राजा बन्ने र बैराग्य प्राप्त संन्यासी माहत्मा बन्ने उद्घोष गरेका थिए ।

ज्योतिषीको बाणी अनुसार नैं रानी महामायाको गर्भ रह्यो । दशौं महिना पुग्नासाथ रानी महामायालाई माईती (रामग्राम, हालको नवलपरासी) जाने ईच्छा प्रकट भयो ।

राजाले उनको आग्रहलाई स्वीकार गर्दैं राज परम्परा अनुसार यात्राको प्रवन्ध मिलाए । यात्रा कैं क्रममा लुम्बिनी शालक्य उद्यानमा पुग्दा रानीलाई प्रसव वेदना भयो । त्यही बालक सिद्धार्थको जन्म भयो । बौद्ध क्विंदन्ती अनुसार जन्मका समयमा पनि केही चमत्कार भएको थियो । उनी जन्मने वित्तिकै सात पाईला हिड्नुका साथैं केही शब्द समेत उच्चारण गरेका थिए, भनिन्छ !

दुर्भाग्य उनको जन्मको सात दिनमा नैं महातारी (आमा) महामायाको मृत्यु भयो । उनको पालनपोषण सानीमाआमा प्रजापतिबाट भयो । प्रजातिका पनि दुई सन्तान थिए । नन्द र नन्द कुमारी । दुबै भगवान बुद्धभन्दा कनिष्ठ हुन् । नन्द उनका भाई थिए, तर बाबुको इच्छा विरुद्ध भिक्षु बनाईदिएका थिए । त्यसो त उनी विवाहित थिए, उनको श्रीमतीको नाम सुन्दरी थियो । सुन्दरी, सुन्दरी नैं थिइन् । उनको रुपलाई वर्णन गरेर हिन्दी साहित्यमा नन्दले सुन्दरी त्याग्दाको दुखान्त दृष्य आफैमा कारुणीक थियो भनेर व्याख्या गरिएको छ ।

भगवान बुद्धलाई जन्म पश्चात तिलौराकोट दरवारमा ल्याईए पश्चात हेर्न आएका एक तपश्वी कालदेवल उनलाई देख्नसाथ दण्डवत गरेका थिए । उनले त्यो शिशुलाई तपश्वीले दण्डवत गरेको देखेपछि राजा शुद्धोधनले पनि उनको महिमालाई आत्मबोध गर्दैं तपश्वी कैं शैलीमा दण्डवत गरेका थिए ।

सन्तानको जन्मले खुशी भएका राजामा खुशीस“गैं चिन्ता पनि जागृत भएको थियो । ज्योतिषीहरुले उनी चक्रवर्ती राजा वा बैराग्य उत्पन्न भएमा महात्मा ज्ञानी बन्ने भबिष्यवाणी जन्मपश्चात पनि दोहराए ।

त्यसले गर्दा राजा चिन्तित पनि थिए । तरपनि उनले त्यसबाट मुक्त गराउन केही कसर बाँकी राखेनन् । १६ बर्ष पुग्नसाथ राजकुमार सिद्धार्थलाई देवदहका राजा सुप्रबुद्धकी कन्या यशोधरासँग विबाह बन्धनमा बाधिदिए । उनका लागि दुर्गेभित्र (दरबार परिसरमा) छुट्टै भवन निर्माण गरिदिए । ऋतु अनुसारका पवन र घामको प्रकाश छाउने भवन (रम्य,सुरम्य र शुभ भवन) नवनिर्मित थिए । ती भवनमा नतर्की, गाना बजाना सबै प्रवन्ध थियो । तर पनि सिद्धार्थको मन बाहिरको मनोरम प्रकृतीमा रमाउथ्यो दरवारको सुखसयलमा अडेन् ।

एकदिन उनले मलामीले ल्याउदैं गरेको मरेको मानिसको लाश देखे । अनि आफ्ना सारथी छन्नसँग जिज्ञासा गरे । उनले जिवनको यर्थाथता बताईदिए । त्यो सत्य थाह पाएर उनी झनैं दुःखी भए । त्यसैगरी उनले रोगी र बृद्ध मानिसलाई पनि देखे । त्यसको कारण पनि बुझे । उनी झनैं दुःखको अनुभुत गरे । उनमा ती सत्यको जानकारी पश्चात उनको मन बेचैन हुन थाल्यो । विबाह पछि पनि उनी दिनप्रतिदिन उदासी बन्दै गए ।

दरवारमा उनको ईच्छा र चाहलाई परिर्पूण गर्न भौतिक विलासितामा कुनै कमी थिएन । तर उनले आफुले देखेको सन्यासीसँग आफैलाई तुलना गर्दैं जीवनको मुक्ती मार्ग खोज्न थाले । भौतिक विलासितामा उनी रम्न सकेनन् । सन्तान (राहुल) को जन्म पश्चात पनि उनी गृहस्थ जीवनमा सम्हालिन सकेनन् । जीवनको सत्य बुझेपछि दरबार परिवारिक समृद्धीमा खुशी हुनुको सट्टा उनमा उदास, बिरक्ती र बैराग्यले जरो गाडि सकेको थियो ।

अन्नतत उनी २९ बर्षको उमेरमा एक दिन दरबार छाड्ने निणर्य गरे । त्यस मध्य रातमा उनी दरवारको पूर्वी द्धारबाट कन्थक घोडा सहित बाहिरिए । त्यस रातको यात्रामा उनी हालको अयोध्या राज्यको तमाशा नदी किनार पुग्दा उज्यालो भयो । त्यही उनले वस्त्र परिवर्तन गरे । आफु सवार सवार घोडा कन्थक फिर्ता पठाए । घोडा त्यहाँबाट सरासर तिलौराकोट दरबारको पूर्वी द्धारसम्म आईपुग्यो । आईपुग्न साथ घोडा द्धार अगाडीको पोखरीमा लडेर म¥यो ।

त्यसपछि उनले जीवनका ६ बर्ष कठीन तपस्या गरे । त्यस विचमा थुप्रै दुःख कष्ट र आरोह अवरोहलाई उनले सामान गर्नु प¥यो तरपनि उनी आफ्नो लक्ष्यमा विचलित भएनन् । शरीर वचाउन उनले सन्यासी भेषमा भिक्षाटन गरिरहदा एक दिन मगध सम्राट विम्बसारले उनलाई दरवार मैं बस्न आग्रह गर । तर उनले मानेनन् । त्यस बखत जवाफ दिदै बुद्ध भनेका छन् – महाराज मलाई संसारिक भोगको आवश्यकता छैन् । शाक्य वंशिय राजकुल त्याग गरेर प्रव्रजित हुन आएको बुद्धत्व प्राप्तीका लागि हो । त्यसैले मलाई कुनै लोभ मोह छैन् ।

त्यस पश्चात महाराज विम्बसारले आग्रह गर्दै भनेका छन् – तपाईले बुद्धत्व प्राप्त गरेपछि मेरो राजधानीमा आएर धर्मउपदेश गर्नुहुन मेरो अनुरोध छ । बुद्धले उनको आग्रहलाई स्वीकार गर्दैं ‘हुन्छ’ भनेर त्यहाँबाट विदा भए ।

आफ्नो लक्ष्यलाई निरन्तरता दिदै त्यही राज्यका आलार, कलाम र उदाक राम पुत्र नामक प्रसिद्ध पंडितहरुका आश्रममा केही समय बसेर ध्यान गरे । त्यहाँको वाताबरणमा ज्ञान प्राप्त नहुने अन्तरमनको संकेत पाएपछि उरुवेल (गया) तिर लागेका बौद्ध साहित्य अध्ययनबाट जानकारी हुन्छ ।

त्यहाँ उनले निरञ्जना नदीको किनारमा कठिन तपश्या गरे । त्यस बेलासम्म बनेका चेला कोण्डञ्ञ, वप्प, भद्दिय, महानाम, अस्सी लगायतले त्यस बसाईमा उनलाई छाडे । कोण्डञ्ञ उनलाई खोज्दै कपिलवस्तुबाट आएका तपस्वी थिए । तरपनि उनी विचलित भएनन् । उनले नैं बुद्धकोे जन्मका बखत यो बालक महात्मा बुद्ध हुन्छ भनी दरवारमा भविष्यवाणी गर्दैं ठोकुवा गरेका थिए ।

तर पनि उनी आफ्नो एकाग्रता र तपस्यामा लिन रहे । त्यही बसाईमा एकदिन उनले सुजता नाम गरेकी कन्याले दिएको भोजन (खीर) ग्रहण गर्नु उनका लागि बाध्यता थियो । त्यस बखत पनि उनलाई उनका अनुयायीहरुले आलोचना गरे । कतिले छाडेर पनि गए । उनको त्यही भोजन नैं बुद्धत्व प्राप्ती अघिको अन्तिम भोजन भयो । कठीन तपस्याको छैठौं बर्षको बैशाख पूर्णिमा कैं रातमा उनलाई बुद्धत्व प्राप्त भयो ।

उनले बुद्धत्व प्राप्त गरेपछि राजा शुद्धोधनले उनलाई कपिलवस्तु निम्ताए । उनले बुद्धत्व प्राप्त गरेको ५ औं बर्षमा मात्र कपिलवस्तु आउने साईत जु¥यो । मगध सम्राटसँग त दरवारमा उपदेश दिने उनको पूर्व प्रतिवद्धता नैं थियो । पहिलो पटक उनले सारानाथमा आफ्ना शिष्यहरुलाई उपदेश दिएको बौद्ध साहित्यमा उल्लेख छ । त्यतिञ्जेल बैशाली, काशी, मगध, लगायतका राज्यमा धर्मदेशनामा बर्षबास बसे ।

बुद्ध कपिलवस्तु आईपुग्दा राजा शुद्धोधन ९८ बर्षका बृद्ध भैसकेका थिए भने बुद्ध भने ४१ बर्षका । कपिलवस्तु आईपुग्दा पनि संयोगले बैशाख पूर्णिमा कै दिन परेको थियो । उनको बासका लागि राजा शुद्धोधनले कालुदायी भन्ने मन्त्रीलाई खटाएर सम्पूर्ण व्यवस्था मिलाएका थिए । उनी आउने मार्गमा दरवारदेखि करिब ७ किलोमिटर वरै मार्गमा नैं भिुक्षु संघका लागि निग्रोधराम बिहार निर्माण समपन्न गराएका थिए ।

बुद्ध पहिलो पटक कपिवस्तु फर्किदा भाई नन्द र पुत्र राहुललाई भिक्षु बनाईएको थियो । भाई नन्द श्रीमती सुन्दरीलाई त्याग गर्दै भिक्षु बन्न चाहदैन्थे तर दाजुको वचनलाई काट्न नसक्दा भिक्षु बनेको उक्त साहित्यमा अध्ययन गर्न पाईन्छ । बुद्ध पुत्र राहुल र नन्दलाई भिक्षु बनाए पछि राजा शुद्धोधन साह्रै दुःखी हुन पुगेका थिए, भनिन्छ । आफ्ना उत्तराधिकारी भिक्षु भएपछि तत्कालिन कपिलवस्तु भारत वर्षमा पहिलो पटक गणतन्त्रको अभ्यास गर्न सफल भएको इतिहासको अध्ययनबाट जानकारी हुन आउँछ ।

कपिलवस्तु बसाईमा बुद्ध त्यही निग्रोधराम बिहार (कुदान) बिहारमा बसे । त्यही बसाईमा बुृद्धले पिताको आज्ञा बिना नैं भाई नन्द कुमार, छोरा राहुललाई पनि (भिक्षु बनाए) प्रव्रजित गरेका थिए । तर दूर्भाग्य वर्तमानमा कपिलवस्तुमा बौद्ध दर्शनको अध्ययनलाई भजाएर खाने शिक्षा बनाईएको छ ।

स्थानीय वाणगंगा नगरले तयार गरेको पाठ्यक्रमा बुद्ध शिक्षालाई समावेश गरेपनि उक्त पाठ्य सामाग्रीमा समावेश गरिएका कतिपय तस्विर स्रोत उद्धृृत बिना नै छपाई (चोरी कर्म) गरेर सत्कर्मको शिक्षा दिनु आफैमा लज्जाको विषय हुन पुगेको छ !

बुद्धम् शरणम् गच्छामी,
धम्मम् शरणम् गच्छामी ।…

प्रकाशित मिति : १२ जेष्ठ २०७८ बुधबार ००:००  ८ : ३२ बजे