एजेन्सी ।
ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेलहरु हुँदैछ । दिल्लीमा हुने पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बई र राजस्थानबीचको खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
आज मुम्बई तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ । मुम्बई पाँच खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
राजस्थान पनि तेस्रो जित निकाल्ने योजनामा हुनेछ । राजस्थान ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
दुई टिमबीचको पछिल्लो पाँच खेलमा राजस्थानले ४ खेल जितेको छ । मुम्बईले एक खेल मात्र जितेको छ । अहमदाबादमा हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइटराईडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
दिल्ली र कोलकत्ताबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ । दिल्ली पाँचौ जित निकाल्ने योजनामा हुनेछ । दिल्लीले ६ खेलमा ८ अंक जोडेको छ ।
दिल्ली तेस्रो स्थानमा रहेको छ । कोलकत्ता तेस्रो जितको खोजीमा हुनेछ । पाँचौ स्थानको कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ । दुई टिमबीचको पछिल्लो पाँच भेटमा दिल्लीले ४ खेल जित्दा कोलकत्ताले १ खेल जितेको छ ।
प्रतिक्रिया