८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ट्युमरको शल्यक्रिया गर्न पूर्वप्रधानमन्त्री भट्टराई वीर अस्पतालमा भर्ना



काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।

वीर अस्पतालमा डाक्टर सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया हुनेछ । त्यसका लागि अध्यक्ष भट्टराई आजै अस्पताल भर्ना हुने छन्। शल्यक्रिया भने भोलि हुनेछ ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो । चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  ७ : २४ बजे