८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का भए बर्खास्त



काठमाडौं ।
नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का बर्खास्तमा परेका छन्। खड्काले दल परित्याग गरेको भन्दै संसदीय दलका नेता दीनानाथ शर्माले उनको राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न पत्र पठाएका थिए।

वैशाख १० गते सांसद खड्कालाई निष्काशन गर्न राष्ट्रिय सभा सचिवालयमा पत्र पुगेको थियो। सोहीअनुसार खड्काको पद रिक्त भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जारी गरेको सूचनामा उल्लेख छ।

अर्घाखाँचीका खड्का नेकपा एमाले प्रवेश गरेका छन्। यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो।

थापाको ठाउँमा जेठ ६ गते चुनाव हुँदैछ। राष्ट्रिय सभा सदस्य रिक्त भएको ३५ दिनभित्र अर्को चुनाव गर्नुपर्छ।

प्रकाशित मिति : १५ बैशाख २०७८ बुधबार ००:००  ६ : ४० बजे