८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भोलिदेखि अर्घाखाँची प्रशासन एक साता बन्द



बिष्णु कुमार आले, अर्घाखाँची ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहित अन्य ५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा अत्यावश्यक बाहेक सबै सेवा एक साताका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासनबाट हुने नागरिकता, राहदानी वितरण जस्ता दैनिक हुने कार्य सबै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

शान्ति सुरक्षा, विपद्, उद्धार, मुद्दा, ठाडो उजुरीसहित अति जरुरी सेवा बाहेक अन्य सेवा बिहीबारदेखि २२ गतेसम्मका लागि स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्धारा जारी सुचनामा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा २२ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ९ सय ५८ जना पुगेको छ भने ८ सय ८७ जना निको भएका छन् । हाल ७१ जना सक्रिय संक्रमित छन् । १९ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका निरिक्षक गणेशराज पौडेलले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७८ बुधबार ००:००  ६ : १४ बजे