काठमाण्डौ ।
नेपाल सुपर लिग ९एनएसएल० मा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुने पहिलो खेलमा एफसी चितवन र बुटवलको लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
चितवनले पहिलो खेल ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो भने बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो । यस्तै बेलुका साढे ५ बजेदेखि सुरु हुने दोस्रो खेलमा विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल हुँदैछ ।
यसअघि हिजोको खेलमा धनगढी एफसीले काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराएको थियो ।
प्रतिक्रिया