८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

गुल्मीः विद्यालय कतै बन्द, कतै परीक्षा सञ्चालन



गुल्मी ।
देशभर कोरोनाको संक्रमण बढेसँगै सरकारले भौतिक उपस्थितिमा हुने सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि गुल्मीका केही विद्यालयहरू भने परीक्षा सञ्चालन भइरहेका छन् । केही विद्यालय भने बन्द छन् ।

कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रू रू क्षेत्र, इश्मा‚ मालिका गाउँपालिका र मुसीकोट नगरपालिकाले सबै परीक्षा स्थगित गरी विद्यालयहरू बन्द गरेको गाउँपालिकाले जनाएको छ । तर‚ धुर्कोट गाउँपालिकाले भने परीक्षा सञ्चालन गरिरहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले गाउँपालिकाभित्रका विद्याालयहरूमा परीक्षा चलिरहेकाले बैशाख १७ गतेसम्म सम्पन्न गर्ने बताउनुभयो ।

यस्तै‚ छत्रकोट गाउँपालिकाले बुधबारदेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । बुधबारबाट कक्षा ८ बाहेकका कक्षाका परीक्षा सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा शाखाका रोमनाथ कँडेलले बताउनुभयो ।

कक्षा ८ को भने बैशाख १९ गतेदेखि सञ्चालन गर्ने उहाँको भनाइ छ । यस्तो माहामारीको बेलामा परीक्षा सञ्चालन नगरौ भन्दा पनि गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले गर्ने भनेपछि बाध्य भएर परीक्षा लिन लागेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७८ बुधबार ००:००  ६ : १२ बजे