एजेन्सी ।
युरोपको सर्वाधिक ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् । मङ्गलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा रियल र चेल्सीले १–१ गोलको बराबरी खेलेका हुन् ।
रियलको मैदान स्टेडियो डी अल्फ्रेडोमा भएको खेलमा घरेलु टिमका करिम बेन्जेमाले गोल गरे भने चेल्सीका क्रिस्टियन पुलिसिकले एक गोल गरे ।
खेलमा चेल्सीले सुरुआती अग्रता बनाएको थियो । १४औँ मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
२९औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई बराबरीमा फर्काए । र, बाँकी समय गोल नहुँदा पहिलो लेग बराबरीमा रोकियो । अब, दोस्रो लेगको खेल ५ मेमा चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुनेछ ।
प्रतिक्रिया