८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पत्रकारलाई कुट्ने धम्की दिएका स्वास्थ्यकर्मी पौडेलमाथि कारबाहीको माग



मायादेवी अनलाइन, तौलिहवा ।
सामाजिक सञ्जाल मार्फत पत्रकारलाई कुटपिटको धम्की दिने स्वास्थ्यकर्मीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने धम्की दिदैं सामाजिक संजालमा लेखेपछि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र कपिलवस्तु शाखाले उनीमाथि कारबाहीको माग गरेको हो ।

No description available.

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव जयसिहं केसी र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई कारबाही माग गर्दै ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।

No description available.

प्रजिअलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकारलाई कुटपिटको धम्की दिएका स्वास्थ्यकर्मी पौडेललाई तत्काल कारबाही गर्न माग गरिएको नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष बज्राचार्यले बताउनु भयो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ पाण्डेले यस विषयमा प्रक्रिया आगाडी बढाउने जानकारी दिनु भयो । कोरोना कहरको बेला कपिलवस्तु शिवराजका स्वास्थ्य चौकी प्रमुखहरु भ्रमण गर्न इलाम गएपछि स्वास्थ्यसेवा प्रभावित भएको छ ।

स्वास्थ्यकर्मी पौडेलले सामाजिक संजाल फेसबुकमा ब्यक्तिगत संस्थागत राजनीतिक रुपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने पत्रुकार वा सहयोगी स्थानीय वा बाह्य सबैलाई रामधुलाई गर्ने धम्की दिएका हुन ।

उनले लेखेका छन्, झोले, फिपार्ते, धुपौरेहरु समयमै सचेत हौ भनेर लेखेका छन ।

No description available.

पत्रकारलाई इंकित गरि धम्किपुर्ण भाषामा सामाजिक सन्जालमा लेखिनु गलत भएको भन्दै चारैतिर विरोध भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८ मंगलबार ००:००  ७ : २२ बजे