८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बेड अभावमा उपचार गर्न नपाउँदा अर्घाखाँचीका एक कोरोना संक्रमितको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ७ का ६० बर्षीय राम प्रसाद भुसालको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

रोजगारीको सिलसिलामा भारत गएका उनी गत चैत २९ गते भारतबाट घरमा आएका थिए । भारतबाट आएको केही दिनपछि उनलाई ज्वरो आएको थियो ।

अस्वस्थ भएपछि उनी बैशाख ८ गते उपचारका लागि बुटवल लुम्बिनी अस्पतालमा गएका थिए । बैशाख ८ गते स्वाव जाँच गराएका उनको बैशाख ९ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि लुम्बिनी अस्पतालमा उपचारका लागि वेड नपुगेपछि उनलाई पुःन घर ल्याईएको थियो ।

थप स्वास्थ्य बिग्रिदै गएपछि उनलाई (आज) मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । उनको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी बिजय बिकले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८ मंगलबार ००:००  ४ : ५३ बजे