काठमाडौं ।
जनता समाजवादी पार्टी ९जसपा० नयाँ सत्ता समीकरणको विषयमा अनिर्णीत भएको छैन। सत्ता समीकरणलाई एजेण्डा बनाएर मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा बसेको ६ शीर्ष नेताको बैठक बिनानिष्कर्ष टुंगिएको छ।
जसपाका शीर्ष नेताहरू महन्थ ठाकुर, डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ छलफलमा बसेका थिए। उनीहरुको बैठक बिनानिष्कर्ष टुंगिएको नेता मोहम्मद इस्तियाक राईले बताए।
जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई निरन्तरता दिने वा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्ने दुई मत छ। ठाकुर र महतो ओली सरकारको निरन्तरताको पक्षमा देखिएका छन् भने भट्टराई र यादव ओलीलाई जसरी पनि सत्ताबाट हटाउनुपर्ने पक्षमा उभिएका छन्। यही कारण जसपा नयाँ सत्ता समीकरणको विषायमा लामो समयदेखि अनिर्णीत छ।
लामो समय अनिर्णीत हुन नहुने भनेर जसपाका कार्यकारिणी सदस्यहरूले छिटो बैठक बोलाउन माग गरेका छन्। तर, शीर्ष नेताबीच मतभेद रहेकाले पार्टीले कार्यकारिणी बैठक बोलाउन सकेको छैन। ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा भट्टराई र यादव पक्ष स्पष्ट बहुमतमा छ।
प्रतिक्रिया