मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।
वडा नं. ११ बनकटवा निवासी ४८ बर्षीय पुरुषको उपचारको क्रममा निधन भएको नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेले जानकारी दिनुभयो ।
यससंगै बाणगंगा नगरमा कोरोनाको पछिल्लो लहरमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । बाणगंगा नगरपालिका ३ धनकौलीका ३३ वर्षीय पुरुष्को उपचार नपाएर केही दिन अगाडि मात्र निधन भएको थियो ।
अहिले कोरोेनाबाट बच्नको लागि नगरपालिकाले बैशाख मसान्तसम्मको लागि हाट बजार पूर्ण रुपमा बन्द गरेको छ, भने नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनसार विद्यालय पनि मंगलबार (आज)बाट पूर्ण रुपमा बन्द भएका छन ।
यता मृतकको र सङ्क्रमितको सङ्ख्या बढ्दै जादा सरोकारवालाहरुले भने लगडाउन नै गर्नु पर्ने बताउँदै आएका छन् । नगर स्वास्थ्य शाखा प्रमुख पौडेलका अनुसार अहिले बाणगंगामा २० जना भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।
यो पनि पढ्नुहोस्
कपिलवस्तुमा यो हप्ता मात्रै कोरोनाबाट ७ जनाको मृत्यु, मृतकको संख्या पुग्यो ३७
प्रतिक्रिया