८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना, ३ दिनको मौसम यस्तो छ



काठमाण्डौँ ।
देशको पूर्वी भूभागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश नं १ तथा प्रदेश नं २ का केही भुभाग लगायत देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा आंशिक बदली, हावाहुरीसहित वर्षा र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार

प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ । राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

बुधबार

प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

बिहीबार

देशका तराईका भुभागमा आंशिक बदली र पहाडी भू(भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक(दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८ मंगलबार ००:००  ९ : २० बजे