काठमाडौं ।
पहिलो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरी खेलेका छन् ।
सोमबार भएको खेलमा ललितपुर र चितवनले १(१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरुवाती अग्रता जोगाउन नसक्दा ललितपुरले चितवनसँग बराबरी खेलेको हो ।
ललितपुरका लागि कमल श्रेष्ठले गोल गरे । चितवनका अमित तामाङले बराबरी गोल फर्काए ।
बल पोसेसनमा ललितपुरले एकतर्फी पकड जमाएको थियो ।
खेलको १० औं मिनेटमा ललितपुरले गोलको सुनौलो मौका गुमायो । विमल रानाले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको बल चितवनका डिफेन्डरलाई लाग्दै बाहिरिएको थियो ।
लगत्तै ११ औं मिनेटमा कर्नरबाट आएको बलमा पाल्सङ लामाको हेडर बलले पोस्टको दिशा लिन सकेन ।खेलको २१ औं मिनेटमा ललितपुरले पेनाल्टीबाट अग्रता बनाउने मौका पायो । तर, ललितपुरका कप्तान अन्जन विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।
अन्जनको पेनाल्टी प्रहार चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाऊ गरे । रिबाउन्डमा विमल रानाको प्रहार पनि विशालले उत्कृष्ट बचाऊ गर्दै चितवनको संकट टारेका थिए ।
चितवनका गोरान जेर्कोभिचले कर्नर बलमा निरज बस्नेतलाई लडाएपछि ललितपुरले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको ३५ औं मिनेटमा चितवनका भरत खवासको पेनाल्टी क्षेत्र भित्रको प्रहार पोस्टबारको थोरै माथिबाट बाहिरिएको थियो ।खेलको ४९ औं मिनेटमा कमल श्रेष्ठले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । मैदानको दायाँ भागको २५ यार्डबाट कमलले टप कर्नरमा गोल गरेका थिए ।
५४ औं मिनेटमा नविन लामाको पासमा ललितपुरका विमल रानाको ६ यार्ड बक्स बाटको प्रहार चितवनका गोलकिपर विशालले बचाए । रिबाउन्डमा विमलकै अर्को प्रहार विशालले सहजै नियन्त्रणमा लिए ।
खेलको ६१ औं मिनेटमा गोरानको पासमा चितवनका पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल पोस्टको माथिबाट गएको थियो ।
खेलको ६५ औं मिनेटमा ललितपुरका नुर्लान जाहिदको पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल पोस्ट बारमा लागेर फर्किएको थियो ।
६८ औं मिनेटमा ललितपुरका कप्तान अन्जनको डिबक्सको ठिक बाहिरबाटको प्रहार चितवनका गोलकिपर विशालले डाइभ हान्दै बचाए ।
खेलको ८८ औं मिनेटमा एरिक विष्टको फ्रिकिक चितवनका गोलकिपर विशालले मुश्किलले बचाएका थिए ।
खेलको इन्जुरी समयमा चितवनले पेनाल्टी प्राप्त गर्यो । जसमा अमित तामाङले सहजै गोल गरे ।
ःबथ दभ बल ष्mबनभ या ट उभयउभि, उभयउभि कतबलमष्लन, नचबकक बलम तभहत तजबत कबथक ुखेलपाटी पजभउिबतष्।अयm खेलपाटी पजभउिबतष्।अयm खेलपाटी पजभउिबतष्।अयm ल्क्ष्ख्ब्क् ज्ञण् क्ष्ःभ् खेलपाटीपजभउिबतष्।अयm खेलपाटी पजभउिबतष्।अयm खेलपाटी पजभउिबतष्।अ पजगपष् टु
अमितको प्रहार पेनाल्टी क्षेत्रभित्र रहेका ललितपुरका विनोद गुरुङले ह्याण्डबल गरेपछि चितवनले पेनाल्टी पाएको थियो ।
चितवनका गोलकिपर विशाल सुनार प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
प्रोमोसिङ प्लेयर अफ दि म्याच ललितपुरका विनोद गुरुङ चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।
यस बराबरीसँगै ललितपुरले २ खेलमा १ अंक जोडेको छ ।
ललितपुरको यो पहिलो अंक हो । उद्घाटन खेलमा ललितपुर काठमाडौं रेजर्ससँग १(० ले स्तब्ध भएको थियो ।
चितवनले १ खेलमा १ अंक जोडेको छ । चितवनको यो पहिलो खेल हो ।
प्रतियोगिता अन्तर्गत आज एक खेल हुनेछ । दशरथ रंगशालामा हुने खेलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया