बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची कोरोनाको जोखिम बढेसंगै केन्द्र सरकारले सवैखाले परीक्षाहरु स्थगित गरी अनलाईन सिकाईलाई जोड दिने निर्णय गरेपनि अर्घाखाँची जिल्लाका दुई स्थानीय तहले परीक्षा संचालन गर्ने भएका छन् ।
शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनी गाउँपालिकाले सवै खालका परीक्षा र भौतिक कक्षा स्थगित गरेका छन् भने भूमिकास्थान नगरपालिका र सन्धिखर्क नगरपालिकाले परीक्षा संचालन गर्ने निर्णय गरेका छन् ।
सन्धिखर्क नगरपालिकाले १४ गतेदेखी १८ गतेसम्म विद्यार्थीहरुलाई परीक्षा तयारी विदा दिएको छ भने १९ गतेदेखी परिक्षा संचालन हुने जनाएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सावधानीका साथ परीक्षा संचालन गर्ने नगरपालिकका शिक्षा शाखा प्रमुख युगलनारायण बसेलले बताए । नगर प्रमुख कमल प्रसाद भुसालले पर्ख र हेरको अवधारणा अनुसार अघि बढ्ने बताए । उनले भने , कोरोनाको लहर अनुसार बन्द गर्ने वा परीक्षा संचालन गर्ने यो हप्ताको तथ्यांकले बताउने बताए । भूमिकास्थान नगरपालिकाले कक्षा १ देखी पाँच सम्म भोली मंगलवारबाट परीक्षा संचालन गर्दैछ ।
सवै विद्यार्थीहरुको परीक्षा एकसाथ संचालन गर्दा समस्या हुनसक्छ , भूमिकास्थान नगरपालिकाका शिक्षा शाखा अधिकृत तुवलाल सापकोटाले भने, भौतिक दुरी कायम गरी स्वास्थ्य सावधानी सहित कक्षा १–५ को परीक्षा संचालन हुन्छ । नगर प्रमुख रेशम थापाले सावधानी अपनाएर तीन सिप्टमा परीक्षा संचालन गरिने बताए ।
१४ बैशाख २०७८ मंगलबार ००:००
124
Shares
प्रतिक्रिया