८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पत्रकार महासंघ कपिलवस्तु निर्वाचनः भुसालद्धारा बज्राचार्यलाई समर्थन



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बन्नुभएका डिलाराम भुसालले किरणमान बज्राचार्यलाई समर्थन गर्नुभएको छ । शाखाको वर्तमान अध्यक्ष समेत रहनुभएका भुसालले अर्का अध्यक्षका प्रत्यासी बज्राचार्यलाई समर्थन गर्नुभएको हो ।

पूर्ववत संयुक्त गठबन्धन बनाएर चुनाव लड्ने सहमती अनुसार आफु अध्यक्षको मैदानबाट हटेर बज्राचार्यलाई समर्थन गरेको भुसालले मायादेवी अनलाइनलाई बताउनुभयो । उहाँले सामाजिक सञ्जाल मार्फत पनि उक्त कुराको प्रष्ट पार्नुभएको छ ।

भुसालले अध्यक्षमा बज्राचार्यलाई समर्थन गरेपछि अब किरणमान बज्राचार्य र मनोज कुमार ओझा बीच प्रतिस्पर्धा हुने भएको छ । चैत्र २५ गते बुधबार महासंघको चुनाव हुँदै छ ।

यता उपाध्यक्ष (खुल्ला) मा हरि अधिकारी र रमेश मिश्रा चुनावी मैदानमा उत्रिनुभएको छ । अधिकारी संयुक्त गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ भने मिश्रा स्वतन्त्र प्यानलबाट लड्नुभएको छ ।

महिला उपाध्यक्षमा श्वेता योगी र शारदा केसी बीच प्रतिस्पर्धा हुने भएको छ । योगी संयुक्त गठबन्धन र केसी स्वतन्त्र प्यानलबाट चुनाव लड्न थाल्नुभएको हो ।

सचिवमा जानु पाण्डे निर्विरोध चयन हुनुभएको छ । सनिउल्लाह धोवीले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत चयन हुनुभएको हो । समावेशी सहसचिवमा राजेश चौधरी निर्विरोध चयन हुनुभएको छ । खुल्ला सह सचिवमा सन्जिव गहतराज र निरहु यादव बीच प्रतिस्पर्धा हुने छ । गहतराज संयुक्त गठबन्धनका साझा उम्मेद्वार हुनुहुन्छ भने यादव स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिनुभएको हो ।

कोषाध्यक्षमा मोहन बेल्वासे सर्वसम्मत चयन हुनुभएको छ । शम्भु शैनीले उम्मेदवारी फिर्ता लिएपछि बेल्वासे सर्वसम्मत चयन हुनुभएको हो । सर्वसम्मत चयन हुनुभएका सचिव पदका पाण्डे र कोषाध्यक्ष पदका बेल्वासे संयुक्त गठबन्धनका उम्मेदवारी हुनुहुन्छ ।

यता ६ जना खुल्ला सदस्य पदमा झण्डै १३ जना चुनावी मैदानमा छन् । प्रदेश परिषद सदस्यमा पनि चुनाव हुँदै छ भने केन्द्रिय परिषद सदस्यमा लक्ष्मण बेल्वासे, शसी सापकोटा, सरोज अर्याल र मनोज कुमार श्रीवास्तव सर्वसम्मत चयन हुनुभएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७ मंगलबार ००:००  ७ : ३७ बजे