८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बर्दियामा पाटेबाघले फेरि मान्छे खायो



बर्दिया ।
बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । गैँडा गणना गरेर फर्कने क्रममा माहुते पुलिसराम थारु हात्तीका लागि घाँस लिन जाने क्रममा बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिनुभयो ।

मृतक थारुको घर ठाकुरबाबा नगरपालिका वडा नम्बर नौ बुतकौवामा पर्छ । यस वर्ष मात्रै बर्दियामा पाटेबाघको आक्रमणबाट १० जनाको ज्यान गइसकेको छ ।

पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँस, दाउरा लिन नजान आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७ सोमबार ००:००  ७ : १८ बजे