मायादेवी अनलाइन, तौलिहवा ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्ष पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । आसन्न चैत्र २५ गतेको चुनावको लागि आइतबार भएको उम्मेदवारी दर्तामा तीन जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दिनेहरुमा डिलाराम भुसाल, किरणमान व्रजाचार्य र मनोज कुमार ओझा रहनुभएको छ ।
यस्तै खुल्ला उपाध्यक्षमा हरि अधिकारी, बाबुराम रायमाझी र रमेश मिश्रले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महिला उपाध्यक्षमा श्वेता योगी र शारदा केसीको उम्मेदवारी परेको छ ।
सचिवमा जानु पाण्डे र सनिउल्लाह धोवी, खुल्ला सह सचिवमा सन्जिव गहतराज र निरहुँ यादव, समावेशी सह–सचिवमा राजेश चौधरी, कोषाध्यक्षमा शम्भु सैनी र मोहन बेल्वासेले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन मण्डलले जनाएको छ ।
१८ सदस्यिय कार्यसमितिका लागि ५८ जनाले उम्मेदवारी दिएका महासंघका अरु सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
जिल्लाको महासंघलाई सहमतिय ढङ्गले लैजाने भने पनि अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढेको हो ।
प्रतिक्रिया