एजेन्सी ।
इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।शनिवार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग २(२ गोलको बराबरीमा रोकिएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा फेड्रिको चिसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १(१ गोलको बराबरीमा ल्याए ।खेलको ४६ औं मिनेटमा सनाब्रियाले व्यक्तिगत गोल गर्दै टोरिनोलाई २(१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २(२ गोलको बराबरीमा ल्याए ।यस बराबरीसँगै युभेन्ट्सले २८ खेलमा ५६ अंक जोडेको छ । युभेन्ट्स चौंथो स्थानमा रहेको छ । टोरिनो २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया