काठमाडौं ।
नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघ पुनर्गठन भएको छ । शुक्रबार सुरु भएको महासंघको भेला महासंघका तत्कालीन अध्यक्ष पुरुषोत्तम पौडेलको नेतृत्वमा नयाँ कमिटी बनाएर शनिबार सम्पन्न भएको छ ।
नेकपा एमालेमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूह भ्रातृ संगठनसम्मै दुई भाग विभाजित भएको छ । खेलकुद महासंघमा पनि दुई समूह बन्ने देखिएको छ।
२०६६ सालमा खनाल पार्टी अध्यक्ष हुँदा स्थापना भएकोले महासंघका अधिकांश पदाधिकारी र सदस्य खनाल–नेपाल पक्षमा उभिएको छन्। नेकपा माओवादी केन्द्रसँग एकता हुनुअघिको १०४ सदस्यीय केन्द्रीय कमिटीलाई शुक्रबारको भेलाले १८५ सदस्यीय बनाएको छ ।
एमाले र माओवादी केन्द्रको एकता सर्वोच्च अदालतले २३ फागुनमा खारेज गरि दिएपछि केन्द्रीय कमिटी पुनर्गठन गरिएको हो । यस्तै, महासंघले प्रदेश पदाधिकारी पनि चयन गरेको छ । महासंघले विभाग प्रमुख पनि चयन गरिएको छ ।
जिल्ला इन्चार्ज पनि तोकिएको छ। जिल्ला इन्चार्जलाई वैशाखभित्र भेला गरि जिल्ला कमिटी गठन गरिसक्न निर्देशन दिइएको छ ।
प्रतिक्रिया