एजेन्सी ।
माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यू हटाइएको छ । माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कर्फ्यू अन्त्य गरिएको जानकारी दिएको हो ।
सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कर्फ्यू हटाइएको उल्लेख छ ।
उहाँका अनुसार राजधानी मालेमा गत मार्च ४ देखि लगातार कर्फ्यू लगाइएको थियो । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले कर्फ्यू लगाइएको पनि उहाँले सूचनामा उल्लेख गर्नुभएको छ ।
कर्फ्यू लगाएसँगै बन्द भएका प्राथमिक विद्यालय, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पनि कर्फ्यू हटाइएसँगै पूनः सुचारु हुने भएका छन् ।
प्रतिक्रिया