८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

महासंघको निर्वाचनः लुम्बिनी प्रदेशमा ५२ जनाको उम्मेदवारी



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा तिन जनाले मनोनयन दर्ता गराएका छन् । चैत २५ गते हुने निर्वाचनका लागि तीन जनाले अध्यक्ष पदको लागि उमेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक सुदिप गौतमले जानकारी दिनुभयो ।

जसमा भरत केसी, बसन्त गिरी र घनश्याम गौतमको उम्मेदवारी परेको छ । केसी रुपन्देही, गिरी कपिलवस्तु र गौतम गुल्मीको हुनुहुन्छ ।

यस्तै, प्रदेश उपाध्यक्षमा चार जनाको उमेदवारी परेको छ । जसमा कपिलवस्तुबाट माधव भाटले उम्मेदवारी दिनुभएको छ ।

यस्तै गुल्मीबाट शिवलाल सुवेदीले उम्मेदवारी दिनुभएकोछ । यस्तै गणेश कुमार आचार्य र शुक्रऋषि चौलागाई पनि चुनावी मैदानमा होमिनुभएको छ ।

निर्वाचन समितिका अनुसार विभिन्न १९ पदका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

No description available.
No description available.
No description available.

प्रकाशित मिति : २० चैत्र २०७७ शुक्रबार ००:००  ७ : ४३ बजे