८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

घनश्याम र सुरेन्द्रजी माथिको कारबाही भद्दा मजाक : भट्टराई



काठमाडौं ।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आजकल नेपालमा विद्धान, इमानदार र नैतिकवानहरुमाथि कारबाही हुने अनि मूर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुने टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आज पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

उनले भनेका छन्, ‘ॠषिमुनि र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल विद्वान, इमानदार र इमानदार र नैतिकवानहरुमाथि कारबाही हुन्छ । कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’

प्रकाशित मिति : १९ चैत्र २०७७ बिहिबार ००:००  ३ : ४८ बजे