काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिन केही दिन पर्खिने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटि सदस्यहरुको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयका लागि केही समय पर्खिने बारे छलफल भएको हो ।
अबको केही दिनमा स्थायी कमिटि बैठक बसेर यसबारे निर्णय लिने माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।
बिहीबारको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको उनले बताए । यस्तै अरु पार्टीसँग भएको वार्ताबारे पनि छलफल भएको हो ।
तत्काल परिस्थिति स्पष्ट भइ नसकेको र कसरी अगाडि भन्ने निर्णय गर्न दलहरुले केही समय मागेकाले समर्थन फिर्ताबारे निर्णय नभएको नेता श्रेष्ठले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस, जसपासहितका दललाई आफ्नो धारणा प्रष्ट पार्न पनि माओवादीले आग्रह गरेको छ ।
प्रतिक्रिया