काठमाण्डौ ।
काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण केही घटेको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ ।वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।
पानी पर्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले प्रदूषण घटेको मौसमविद्को भनाइ छ । आजदेखि मौसम केही सफा भए पनि पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
भोलिदेखि पानी पार्ने प्रणाली कमजोर हुने र डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कायमै रहने उहाँले बताउनुभयो ।
उहाँकाअनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पानी परेको हो । तराइमा अझै पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण नहट्ने उहाँको भनाइ छ । आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया