कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा अवस्थित जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम र जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर व्यवस्थापन समितीको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री पाएपछि विद्यार्थी खुशी भएका छन् । मदरसामा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ३ सय जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितीले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा महासचिव शरण विक्रम मल्लले बालबालिकाले पढ़नेलेख्ने वातावरण राम्रो भएमा मात्रै उनीहरुको भविष्य उज्जवल हुने बताए । साथै बालबालिकाको पढ़ाईमा विशेष ध्यान आग्रह गरे ।
नेपालमा कम्यूनिष्ट आन्दोलनमा मुस्लिम समुदायको पनि ठूलो भुमिका रहेको भन्दै आफ्नो हक अधिकार सुनिश्चित गर्नाको लागि अझै पनि कम्यूनिष्ट आन्दोलन लाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नाजिम समीम अहमद नदवी, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, नेकपा माओवादी केन्द्रका कृष्णनगर नगरकमिटी अध्यक्ष जाबेद आलम, जसपाका प्रदेश प्रवक्ता अकरम पठान, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाकक अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की, कृष्णानगर वडा नम्बर १० का वडाध्यक्ष अब्दुल मोबिन खां, युवा व्यापारी रामदास चौधरी, शमशाद खां, अल्हाज फÞजÞल महमूद खां लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया