दाङ ।
विद्यार्थी बोकेको बस दुर्घटना भएको करिब ६ घण्टाभित्रै दाङमा फेरि अर्को यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको छ। बसमा सवार १९ यात्रु घाइते भएका छन् ।
बंगलाचुली गाउँपालिका–३, मुलाबारीबाट घोराही आउँदै गरेको रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर वडा कार्यालय नजिकै दुर्घटना भएको हो। घाइतेमध्ये घोराही उपमहानगरपालिका–२ निवासी ४४ वर्षीय मीना सुनारको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
सबै घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइ उपचार भैरहेको छ। बस तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिएर खेतमा पुगेको छ । बस चालकलाई वडा प्रहरी कार्यालय घोराहीले नियन्त्रणमा लिएको छ ।
आजै बिहान दाङमा पब्लिक ज्ञान ज्योति बोर्डिङ स्कुलको रा १ ख ४३३ नम्बरको बस तुलसीपुर सरैया डाँडामा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा कक्षा १२ मा अध्ययनरत तुलसीपुर उपमहानगरपालिका–१६ की १९ वर्षीया सम्झना केसीको ज्यान गएको थियो ।
२२ जना घाइते भएकामा पाँचजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।
१० चैत्र २०७७ मंगलबार ००:००
116
Shares
प्रतिक्रिया