दीपा महत, जितपुर ।
होटेल ब्यावसायी संघ कपिलवस्तुको मेचीमहाकाली अभियानलाई कपिलवस्तमा भब्य स्वागत गरिएको छ । उक्त टोलीलाई संघिय सांसद अतहर कमाल मुसलवान, प्रदेस सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका उपमेयर चक्र आर्याल, उद्योग वाणिज्य संघ कपिलवस्तुले स्वागत गरेको हो । अभियान टोलीलाई स्वागत गर्दै देशभर कपिलवस्तुको प्रचारप्रसार गरेकोमा होटेल ब्यावसायी संघ कपिलवस्तुलाई धन्यवाद दिइएको छ ।
उक्त टोलीलाई स्वागतका लागि गरिएको कार्यक्रममा बोल्दै संघीय सांसद अतहर कमाल मुसलवानले कपिलवस्तुलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । उहाले कपिलवस्तुमा गौतमबुद्धका विभिन्न ठाउहरु रहेको भन्दै ति स्थानहरुको विकास गर्दै लैजानुपर्ने बताउनुभयो । पर्यटकिय स्थल कपिलवस्तुलाई देशभर चिनाउन यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
यस्तै प्रदेश सांसद विष्णु पन्थीले कपिलवस्तुलाई देशभर चिनाउने महत्वपूर्ण कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उहाले अभियानको नारा ‘नेपाल देख्न र बुझ्न जानुपर्छ कपिलवस्तु’ हुनुपर्ने बताउनुभयो । कपिलवस्तुमा ३ हजार वर्ष पहिलेनै पुरानो सुब्यवस्थीत सहर रहेको बैज्ञानिकले पुष्टि गरिसकेको बताउनुभयो । यस्ता अभियान आगामी दिनमा थप ब्यवस्थीत गर्दै लैजानुपर्ने बताउनुभयो ।
यस्तै वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले कपिलवस्तुमा रहेको पुरातित्वक सम्पदाको प्रचारप्रसारका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कपिलवस्तुलाई दशेभर चिनाउने यस अभियान स्रहानिय रहेको बताउनुभयो ।
यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलक राम घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, युवा ब्यवसायी दिनेश क्षेत्रीले सम्पूर्ण अधियान्तालाई स्वागत गर्नुभयो । राज्यले गर्नुपर्ने काम कपिलवस्तुले गरेको भन्दै अभियान टोलिको प्रसंसा गर्नुभयो ।
कपिलवस्तुकोे कार्यक्रमपछी टोलि पश्चिम पुगेको छ । कार्यक्रममा टोलिले विभिन्न जिल्लाका प्रतिनिधिहरुलाइ कपिलवस्तुका पर्यटन प्रबर्द्धन हुने खालका झलक समेटिएका मायाको चिनो, ब्रसर र पम्प्लेट बितरण गरिरहेको छ । त्यसअघि टोलिले विभिन्न २३ जिल्लामा कार्यक्रम गरेको थियो । यसैगरी टोलिले प्रदेश सरकारका बन, बाताबरण मन्त्रालयमा ग्यापन पत्र बुझाएको अभियानका प्रेस संयोजक चन्द्रकान्त न्यौपानेले बताउनुभया ।
चैत्र ३ गतेदेखी सुरु भएको मेची महाकाली अभियान पश्चिमको महाकाली पुगेर समापन हुने अध्यक्ष गोपाल बहादुर खत्रीले जानकारी दिनुभयो । यस्तै उक्त टोलीलाई आजै जिल्लाको बुद्धभूमी, शिवराजमा पनि स्वागत गरिएको थियो ।
प्रतिक्रिया