मायदादेवी, अनलाइन, जितपुर ।
प्रेस चौतारी कपिलवस्तुले जिल्लामा समान्नातर कमिटी बनाई विधान विपरित संगठनको गतिविधी गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै चौतारीले यस प्रकारका गतिविधी विधान बिपरित रहेको जनाएको छ ।
नेपाल पत्रकार महासंघको चुनाव नजिकिदै जादा जिल्लामा प्रेस चौतारीको जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीलाई चुनौती दिदैं समान्नातर ढंगबाट गतिविधि गर्ने, स्वयम आफै उम्मेद्वारी घोषणा गर्ने र मत माग्ने गरेको भन्दै यस प्रकारका कृयाकलाप नगर्न आग्रह गरेको हो ।
निर्वाचन नजिकिएसंगै प्रेस चौतारी नेपाल कपिलवस्तु पनि चुनावी मैदानमा रहेको भन्दै अन्य विभिन्न संगठनहरुसंग सहमती र सहकार्य गरी अगाडी बढ्न चाहेको विज्ञप्ती मार्फत जनाइएको छ ।
तर आधिकारिक कमिटीलाई जानकारी नदिई केही जिम्मेवार सदस्यहरुलेनै समानान्तर गतिविधी, उम्मेदवारी घोषणा, अन्य छलफल जस्ता कार्य गरेकोले उक्त कार्य मान्य नहुने चौतारीका जिल्ला अध्यक्ष हरि अधिकारीले बताउनुभयो ।
प्रेस चौतारी कपिलवस्तुले महासंघको चुनावको आधिकारीक उम्मेदवारी चाडै घोषणा गर्ने भएकाले कमिटीमा हुने छलफल र निर्णय विनाका गतिविधिका पछि नलाग्न पनि आम संगठनका नेतृत्वहरुलाई चौतारीका जिल्ला सचिव बाबुराम रायमाझीले आग्रह गर्नुभयो ।
यसका साथै संगठन विपरित गतिविधि गरेको पाइए सम्बन्धित ब्यक्तीलाई संगठनको विधान अनुसार कारबाही प्रक्रिया अगाडी बढ्ने विज्ञप्ति मार्फत जनाइएको छ ।
प्रतिक्रिया