कपिलबस्तु ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलबस्तु शाखाको आयोजनामा बिश्व पानी दिवस मनाईएको छ । “पानी र सिमसार जीवनको अभिन्न आधार” भन्ने नाराका साथ एक कार्यक्रमका बिच दिवस भब्यताका साथ मनाईएको हो । कार्यक्रमका प्रमुख अतिथी एबं जिल्ला समन्वय समिती कपिलबस्तुका प्रमुख नारायण प्रसाद खनालले आम नागरिकले उमालेको पानी प्रयोग गरे ७० प्रतिशत रोग लाग्नबाट बच्न सकिने बताएका छन् ।
पिउने पानी मुहानमा मात्र सफा भएर हुँदैन घरमा प्रयोग गरिने भाडाहरु समेत सफा हुनु पर्ने बताए । पानीलाई कसरी शुद्ध बनाएर पिउन सकिन्छ भन्ने बिषयमा सबैलाई जानकारी हुन आबश्यक रहेको र पानी बिना मानवलाई बाँच्न गाह्रो हुने भएको हुँदा शुद्ध पानी पिउनका लागि आनीबानीमा परिबर्तन हुनुपर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रमका बिशिष्ट अतिथी एबं बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर जिसीले शुद्ध पिउने पानीलाई शुद्धिकरण गर्न सरसफाईमा ध्यान दिनु पर्ने बताए । पानीलाई शुद्धि करण गर्न के कस्ता उपकरणहरु चाहिन्छ त्यसकालागि खानेपानी तथा सरसफाई उपभोक्ता महासंघलाई नगरपालिका संग सहकार्य गर्न निमित्त प्रमुख प्रशासकिय अधिकृत जिसीले आग्रह गरेका छन् ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले गरेको कार्य सफलहोस भन्दै शुभकामना ब्यक्त गरेका थिए । यसैगरी खानेपानी डिभिजन कार्यालय बुटवलका ईन्जिनियर तिलक राम न्यौपानेले पानी शुद्धिकरणकालागि कपिलबस्तुमा चुनौती रहेको बताए । पानी मुहान देखि मुख सम्म शुद्ध हुनु पर्छ तवमात्र रोग लाग्न देखि बच्न सकिने बताए । यस्तै वास बिज्ञ सुर्य थापाले पानी रजीवनको बारेमा जानकारी दिंदै पानीको महत्व सबैले बुझ्न आबश्यक रहेको बताए ।
कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत केशव भट्टराई , नागरिक समाज कपिलबस्तुका अध्यक्ष डोलक बहादुर पछाई , नेपाल पत्रकार महासंघकी उपाध्यक्ष पार्बती पाण्डे लगाएतले मन्तब्य दिंदै मानव जीवनका लागि पानीको ठुलो महत्व भएको हुँदा सबैले पानीको महत्व बुझ्न आबश्यक रहेका बताए ।
कार्यक्रम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलबस्तु शाखा अध्यक्ष राजेन्द्र बिक्रम शाहको अध्यक्षता , संघका उपाध्यक्ष राधिका देबी पन्त पौडेलको स्वागत तथा संघका सदस्य रेखा पौडेलको संचालनमा सम्पन्न भएको थियो । सो कार्यक्रममा संघका बाणगंगा नगर समिती अध्यक्ष बिश्वराज कार्की, बुद्धभुमि नगर महासंघका अध्यक्ष हरि पराजुली, शिवराज नगर महासंघका अध्यक्ष टोपलाल पोखरेल, जिल्लाका खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया