८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अनुहारको दागदब्बा र चाँयापोतो हटाउन निमको जुस



एजेन्सी ।
निमको स्वाद अत्यधिक तितो हुन्छ । यसमा क्याल्शियम, आइरन, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल तत्वहरु पाइनछन् । विशेषगरी मोटोपनका कारण चिन्तामा रहेका व्यक्तिहरुका लागि निमको जुस फाइदाजनक हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ ।

मोटोपनका कारण समस्यामा रहेका व्यक्तिहरुका लागि निमको जुस पिउँदा तौल कम गराउँन मद्दत गर्छ । निमको जुस घरमा नै बनाउन सकिन्छ ।

आवश्यक सामाग्रीः
निमको पात २५० ग्राम
पानी १ लिटर
कागतीको रस (स्वादअनुसार)

विधिः
१. निमको पात सफा गरेर रातभर भिजाउने
२. भिजाएको निमको पात पिस्ने
३. तयार भएको पेस्टमा १ लिटर पानी र कागतीको रस मिसाएर छान्ने र बोतलमा राख्ने
४. उक्त जुस २ देखि ३ दिनसम्म पिउन सकिन्छ ।

अन्य फाइदाः
१. हरेक दिन निमको जुसले पेट, कम्मर जस्ता अंगमा लागेको बोसो पगाल्न मद्दत गर्छ । यसले तौल कम गर्ने र शरीरलाई फिट बनाउँछ ।

२. नियमित रुपमा निमको जुस सेवन गर्दा क्यान्सर जस्ता बिरामीहरुबाट बचाउँछ ।

३. एन्टि ब्याक्टेरियल, एन्टिभाइरल जस्ता गुण पाइने भएकाले रोग प्रतिरोधी क्षमता बढाउँछ ।

४. निमको जुसले कमजोरी हराउँछ र दिनभर ताजा र उर्जावान महसुस गराउँछ ।

५. बच्चाहरुको पेटमा विभिन्न प्रकारका किराहरु परेमा निमको दुई थोपा रस पिलाउँदा पेटमा भएका समस्याहरु कम हुन्छ ।

६. यसले रक्तसञ्चार सन्तुलनमा ल्याउँछ । भने यसले रगत पनि सफा गराउँछ ।

७. निमको जुसको सेवनले अनुहारको दागदब्बा, चाँयापोतो, चाउरीपन र डार्क सर्कल कम गराउँछ ।

८. निमको पात क्याल्सियम र आइरनको मुख्य स्रोत भएकाले मांसपेशी र हड्डीहरु मजबुत बनाउँछ ।

९. दाँतको दुखाई कम गर्न पनि निमको जुस फाइदाजनक हुन्छ ।

१०. निमको पातले कपाल पखाल्दा कपाल रुखो हुने समस्या कम हुन्छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विशेष विमानबाट यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरेका छन् । राष्ट्रपति भण्डारीलाई विमानाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले पनि स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो । राष्ट्रपति भण्डारीले त्यसपछि यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिन् । त्यहाँ उनले वृक्षरोपण पनि गरिन् । राष्ट्रपति भण्डारी हाल आवासका लागि प्रबन्ध गरिएको इन्टरकन्टिनेन्टल होटेलमा पुगेकी छन् ।

राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछिन्। बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी पुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा. हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीलगायत छन् ।

यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा. कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा छन् । भ्रमण दलमा कलाकार अशोकुमार राईका नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी पनि छन् ।

–रासस

प्रकाशित मिति : ९ चैत्र २०७७ सोमबार ००:००  १ : १६ बजे