८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गुल्मीमा पहिलो पटक प्याराग्लाइडिङ महोत्सव



गुल्मी ।
पर्यटन प्रर्वद्धनको लागि गुल्मीमा पहिलो पटक प्याराग्लाइडिङ महोत्सव गरिएपछि स्थानीयबासी र सरोकारवाला उत्साहित भएका छन् ।

गुल्मीको मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक प्याराग्लाईडीङ्क अर्थात कुनै एक अग्लो स्थानबाट प्यारासुटको सहायताले उडान भरेर अर्को सम्म परेको भूमिमा अवतरण गर्ने साहसिक खेल महोत्सव गरेको हो ।

मालिका गाउँपालिकाको देउराली डाँडाबाट सफल परिक्षणलगतै आयोजना गरिएको प्याराग्लाईडीङ्क महोत्सवमा युवायुवतीदेखि ७७ वर्षसम्मका वृद्धवृद्धाले प्याराग्लाइडिङबाट दृश्यावलोकनको अवसर पाएका छन् । स्थानीय राधिकार अर्याल पर्यटनका लागि यसलाई निरन्तरता दिनुपर्ने बताउँनुहुन्छ ।

१५ दिनसम्म नियमित उडान गरेका पाईलटहरूले पनि देउरालीडाँडा प्याराग्लाईडीङ्कको लागि उपयुक्त भएको सुझाव दिएका छन् । गत फागुन महिनाको अन्तिममा सकिएको १५ दिने महोत्सव सफल भएको दावी गाउँपालिकाको छ ।

गाउँपालिकाले प्याराग्लाईडीङ्का लागि आफ्नै खर्चमा पाइलट उत्पादन देखी निजि क्षेत्रसंग सहकार्यको योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष देवा अर्यालले बताउनुभयो ।

प्रकाशित मिति : ९ चैत्र २०७७ सोमबार ००:००  ६ : ०३ बजे