८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

जनगणनाका लागि गुल्मीमा ५ सय गणक खटाइने



गुल्मी ।
गुल्मीमा राष्ट्रिय जनगणनाका लागि कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा कार्यालय स्थापना गरिएको हो । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना–२०७८ देशभर सञ्चालन हुँदैछ ।

कार्यालय स्थापनासँगै जिल्ला जनगणना समन्वय समितिको बैठक समेत गरिएको जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले बताए । राष्ट्रिय जनगणना–२०७८ का लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको छ ।

जिल्लामा जनगणनाका लागि १०१ जना सुपरिवेक्षक र ४३४ जना गणक परिचालन हुने पोखरेलले बताए । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइने उनले जानकारी दिए । यसका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

गणकले तथ्याङ्क संकलन गर्नुभन्दा पहिले सुपरिवेक्षकले घर सर्भे गर्नेछन् । सुपरिवेक्षकले २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७ सोमबार ००:००  ६ : ०२ बजे