पाल्पा ।
राष्ट्रिय वन अतिक्रमण गरी तिनाउ गाउँपालिका–१ कचल सानीउदाङमा बनाइएको टहरामा शनिबार आगो लगाइएको छ । अतिक्रमण गरेर रुपन्देही, रुद्रपुर हरैयाका कृष्णप्रसाद उपाध्यायले वन क्षेत्रभित्र जग्गा सम्माएर टहरा बनाएका थिए ।
वडाध्यक्ष, स्थानीय सामुदायिक वनका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर टहरामा आगो लगाइएको तिनाउ सव–डिभिजन कार्यालयका प्रमुख रामध्यान शाहले बताए ।
स्थानीय बासिन्दाले पटकपटक वनको जग्ग अतिक्रमण गरेर नबस्न भनेपनि उपाध्यायले अटेरी गरेका थिए । उनले उक्त क्षेत्रमा आफ्नो जग्गा रहेको भन्दै तिनाउ सव–डिभिजनमा लालपूर्जा देखाएपनि दाबी गरेको जग्गा भने जीपीएस नापी गर्दा १ सय १० मिटरभन्दा टाढा रहेको देखिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलका अनुसार अतिक्रमणकारी उपाध्याय फरार छन् । उनको खोजी भइरहेको छ । टहरामा रखिएका सबै सामान मुचुल्का गरेर राखिएको प्रहरीले जनाएको छ । घर हरैया भएपनि उपाध्याय उक्त टहरमा कहिलेकाँही आएर बस्ने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया