काठमाडौं ।
नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा सहभागी भएपछि ओलीसँग मिलेको आरोप खेपेका गौतमले ओलीको कार्यशैली गलत भएको भन्दै उनका अगाडि आत्मसमर्पण नगरेको र अब पनि नगर्ने बताएका हुन् ।
‘केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ । त्यसलाई समूह भन्न मिल्दैन’, गौतमको भनाइ उद्धृत गर्दै उनका सहयोगी विश्वमणि सुवेदीले भने, ‘तर उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन । गर्ने पनि छैन ।
एमाले उपाध्यक्ष एवम् पार्टी एकता राष्ट्रिय अभियानका संयोजक गौततमले फागुन २८ गतेको बालुवाटार बैठक केन्द्रीय कमिटी नभएको समेत बताएका छन् । उनले उक्त बैठक केन्द्रीय कमिटी नभएकाले निर्णय फिर्ता हुनुपर्ने उनको भनाइ छ ।
‘फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन । त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ’, उनले भनेका छन् ।
सँगै नेता गौतमले पार्टीका नेतालाई कुनै कारबाही हुनु नहुने बताएका छन् । उनले भनेका छन्, ‘पार्टी भित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन ।’
नेता गौतमले आफू पार्टी एकता अभियानमा रहेको र उद्देश्य पूरा नहुँदासम्म यो अभियानलाई जारी राख्नेसमेत प्रष्ट पारेका छन् ।
दुर्घटनामा परी नासो गाउँपालिका ओढारगाउँका ३५ वर्षीय डोलकासी गुरुङ, अन्दाजी ३४ र ३५ वर्षका मनिषा गुरुङ र ६ वर्षीय बालक पियुष गुरुङको घट्नास्थलमै मृत्यु भएको खड्काले जानकारी दिए ।
खड्काका अनुसार ट्रकका सहचालक लम्जुङ मर्स्याङदी–५ का २१ वर्षीय लक्ष्मी नेपाली र मनाङ चामे–४ का २७ वर्षीय राजु विकको लम्जुङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ट्रकका चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तमाङ र अन्य दुई बालिका घाइते छन् । चालक तमाङको लम्जुङमै उपचार भइरहेको र गम्भीर घाइते दुवै बालिकालाई थप उपचारका लागि भक्तपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।
उकालो बाटोमा मालवहाक ट्रक ब्रेकफेल भएर पछाडितर्फ करिब डेढसय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया