८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा पनि मनाइयो कोइरालाको ११ औं स्मृति दिवस



मणि प्रसाद गैह्रे, तौलिहवा ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवस कपिलवस्तुमा पनि मनाइएको छ । ‘सहमति, सहकार्य र एकता आजको आवश्यकता’ भन्ने विचार गोष्ठी नेपाली कांग्रेसको जिल्ला कार्यालय तौलिहवामा कार्यक्रम गरी गिरिजा प्रसाद कोइराला फाउण्डेसनले स्मृति दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति सुरेन्द्रराज आचार्यले कोइरालाले नेपाली राजनितिमा शान्ति र सहकार्य गरी सशस्त्र द्धन्द्धमा रहेको तत्कालिन माओवादीलाई वार्ता मार्फत शान्ति प्रकृयामा ल्याई नेपाललाई शान्ति प्रकृयामा ल्याएको कुरा सबैले स्मरण गरेको बताए ।
साथै राजा हटाउन र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कोइरालाको नै योगदान भएको चर्चा गरे । कार्यक्रममा पूर्व मन्त्री एवं राजदुत दिपकुमार उपाध्यायले विश्वले मानेका नेता गिरिजा वावुका कार्यकर्ताहरुले कोइरालाको योगदानलाई आत्मासाथ गरी सहकार्य र एकता मार्फत समुन्नत नेपाल निमार्णमा लाग्नु पर्ने बताए ।

साथै देशको वर्तमान अवस्थाको समस्या एक आपसमा छलफल र संवाद मार्फत समस्या समाधान गरी विकासमा दलहरु लाग्नु पर्ने वेला आएको समेत उपाध्यायले बताए । कार्यक्रममा कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, पूर्व मन्त्री कमलेश कुमार शर्मा, पूर्व पार्टी सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, जिल्ला उपाध्यक्ष अब्दुल कलाम, जिल्ला सचिव प्रेम बहादुर रायमाझी, कोषाध्यक्ष शोहरत तेली, प्रदेश सभा सदस्य रिना नेपाल, माला गोतामे, जिल्ला सदस्य विरेन्द्र मिश्रा, क्षेत्रिय सभापति अब्दुल मन्नान खां, तरुण दल अध्यक्ष शक्ति सिंह ठकुरी, जिल्ला समन्यव समितिका उप प्रमुख तारावती चौधरीलगायतले कोइरालाको जीवनी र शान्ति सहकार्य र एकताको बारेमा बोलेका थिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेसनका जिल्ला संयोजक माधव पराजुलीको अध्यक्षता, सिता न्यौपानेको संचालन र वजित अरसदको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७७ शनिबार ००:००  ७ : १५ बजे