मायादेवी अनलाइन ।
अर्नेस्तो “चे” ग्वेभारा (जन्म:१४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टीनाका मार्क्सवादी क्रान्तिकारी थिए । जसले क्यूबाको क्रान्तिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चेपनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रान्ति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरे । मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवं वामपंथी गतिविधिहरूको का प्रतीक बन्यो ।
चे ग्वेभाराजन्म:१४ जुन १९२८रोसारिओ, अर्जेन्टिनामृत्यु: ९ अक्टूबर १९६७ (३९ वर्षको उमेरमा)
ला हिगुएरा, बोलिभिया कार्यक्षेत्र: राजनीतिक क्रान्ति माताको नाम: केलिया डि ला सर्ना लोसा पिताको नाम: एर्नस्टो ग्वेभारा लिन्च क्रान्तिको असर परेका देश: दक्षिणी अमेरिकाका प्रायः सबै राष्ट्रहरू क्रान्तिको क्षेत्र (विषय):साम्यवादी आन्दोलन: साम्यवादी क्रान्तिको परिणाम: साम्यवादी सरकारको स्थापनाअन्य कार्य : लेखन वेब पेज
शिक्षकको नजरमा अभारा थिए चे
ग्वेभाराको शिक्षा दिक्षा सहज हुन सकेन । उनी दुई वर्षको उमेर मै दमको दीर्घ रोगी भए । अन्य बालकको जस्तो चे को स्कुल जीवन हुन सकेन । उनले ओच्छ्यानबाटै अध्ययनको थालनी गरे । भनिन्छ, उनको व्यवहार किशोर हुँदा युवाको जस्तो, युवाहुँदा परिपक्क प्रौढ जस्तो थियो । उनी आत्मविश्वासी, बहुआयामिक र विद्रोही स्वभावका थिए । शिक्षकको नजरमा मूढी, अनुशासनहिन तर अध्ययनशील थिए । अल्टा ग्रेसियाको स्कुले जीवन सकेर सन् १९४१ मा १३ वर्षको उमेरमै उनले डिन फ्यूनस स्टेट कलेजमा अध्ययन गरेका थिए । ४ वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनस आयर्सको यूनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरीको लागि उनी गए । तर उनको परिवारको चाहाना भने इन्जिनियर बनाउने थियो । क्यान्सर रोगबाट आफ्नी हजुरआमाको मृत्यु, आमाको क्यान्सरसँगको युद्ध र आफ्नै दम रोगका कारण उनी डाक्टरी पढ्नतिर लागे । उनले ६ वर्ष लामो विश्वविद्यालयको पाठ्यक्रम ३ वर्षमै पूरा गरे । उनले अध्ययनको क्रममा राम्रो नम्बर ल्याउनतिर कहिल्यै सोचेनन।
जहाँ यात्रा गरे साइकलमा मात्र
उनी यात्रा गर्न औधी रुचाउँथे । अध्ययनको क्रममै उनी साइकलिङ गरेर देशको कुनाकाप्चा पुगे । स्वास्थका कारण भौतिक शरिर एकदमै जीर्ण देखिए पनि आत्मविश्वासका कारण देशविदेशको भ्रमण गर्न कहिल्यै छाडेनन् । पढन्ते र घुमन्ते स्वभावका उनी घुम्दा घुम्दै माक्र्सदेखि फ्रायडसम्मका पुस्तकहरु अध्ययन गर्न भ्याए । चिकित्सा क्षेत्रको शिक्षाको क्रममै उनी पूरै ल्याटिन अमेरिकाको अधिकांश स्थानमा पुगे । यात्राको क्रममा पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा नराम्रो गरी चोट पुर्यायोे उनले गम्भीर भएर सोचेँ । शारिरीक रोगको जैविक कारणको त उपचार गर्न सकिन्छ तर सामाजिक, आर्थिक र राजनीतिक कारणको उपचार कसरी सम्भव होला रु यो जटिल प्रश्न उनको जीवनमा यक्ष प्रश्न बनेर आईदियो ।
चिकित्सीय शिक्षाको बेला चे पूरै ल्याटिन अमेरिकामा धेरै घुमे। त्यस बेला पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा चोट पुर्यायो।[२] उनले निष्कर्ष निकाले कि यस गरीबी र आर्थिक विषमताको मुख्य कारण एकाधित्य पूंजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद, जसबाट छुटकारा पाउने एकमात्र उपाय थियो – विश्व क्रांति।[३] यसै निष्कर्षको अनुसरण गर्दै उनले ग्वाटेमालाका राष्ट्रपति याकोबो आरबेंज गुजमानद्वारा चलाईएको समाज सुधारहरूमा भाग लिए । उनको क्रांतिकारी सोच तब अझ दह्रो बन्यो जब १९५४ मा गुजमानलाई अमेरिकाको मददले हटाइयो। यसको केही समय पछि मेक्सिको सिटीमा उनको राऊल र फिदेल कास्ट्रोसित भेट भयो, र उनी क्यूबाको २६ जुलाई क्रांतिमा सामेल भए । [४] चे शीघ्र नैं क्रांतिकारीहरूको कमानमा अर्को ठाउँसम्म पुगे र बातिस्ताको राज्य विरुद्ध दुई वर्षसम्म चलेको अभियानमा उनले मुख्य भूमिका निभाए । [५]
उनको डाक्टरी जीवनमाथि नै प्रश्न चिन्ह बनेर खडा भयो । डाक्टर बनेर दिनदुःखीको सेवा गर्ने उद्देश्य राखेका चे अब गरीवी असमानताका सामाजिक राजनीतिक कारणहरु खोज्नतिर लागे । गाउँ गाउँ पुगे । विभिन्न वस्ती वस्ती पुगे । उनी उनले देखे, पैसाको अभावमा उपचार गर्न नपाएका गरीवहरु ।
भोक, पीडाले पशु समान जीवन बाँच्न विवस मानिसहरु, अभाव र गरीवीकारण बाबुहरु स्वयम् आफ्ना सन्तानको मृत्युको कामना गरिरहेको दर्दनाक दृष्यहरु समेत देखे ।
ड्राइभरका दुखद जिन्दगीहरु देखे । भरियाका कथाहरु सुने । चिलीका खानीहरुमा पुगे । अमेजन जंगलका रेड–इण्डियन आदिवासीहरुको वस्तीदेखि पेरुका खेत–खलिहानसम्म पुगे ।
अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो । जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति । उनले भनेका छन् “मैले यात्रा गरेका देशरुको स्थिति हेरेर, त्यहाँको गरीवी र भोग रोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो । मैले यात्राको क्रममा पत्ता लगाएँ, स्रोत र साधनको अभावमा रोगी बच्चाहरुको उपचार गर्न म असमर्थ छु । मैले देखेँ– निरन्तर दमनका कार्यहरु जारी छन् । कुपोषणको आँधी चल्दैछ । यसै क्रमा मैले महसूस गर्न थालेँ, अनुन्धानकर्ता हुन मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो हो– क्रान्तिकारी बन्नु ।”
प्रतिक्रिया