काठमाण्डौ ।
एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा वामदेव गौतम पनि सहभागी हुनुभएको छ । गौतम यसअघि ओली तथा नेपाल–खनाल समूहका कुनै पनि बैठक तथा भेलामा सहभागी हुनुभएको थिएन । ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल समूहले भने यसअघि नै सहभागी नहुने निर्णय गरिसकेको छ । संसदीय दलको बैठकपछि एमालेको केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।
प्रतिक्रिया