८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल सिफारिश



काठमाडौं ।
अग्नि खरेलले राजीनामा दिएपछि रिक्त भएको महान्यायाधिवक्ता पदमा नियुक्तिका लागि अधिवक्ता रमेश बडालको नाम सिफारिश भएको छ ।

महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता बडालको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेका हुन् ।

महान्यायाधिवक्तालाई प्रधानमन्त्री एवं सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छ ।

बडालले प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहस गरेका थिए । उनकै नेतृत्वमा ८७ जना कानून व्यवसायीहरूले संयुक्त बहस नोट सर्वोच्चमा पेश गरेका थिए ।

निवर्तमान महान्यायाधिवक्ता खरेलले शुक्रवार नै राजीनामा दिएका हुन् । उनले राजनीतिमा फर्किनका लागि राजीनामा गरेको पत्रकार सम्मेलनमा बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७७ शुक्रबार ००:००  ५ : ०० बजे