८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कांग्रेसको प्रश्न – प्रधानमन्त्रीको नैतिकता खै ?



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको नैतिकतामा प्रश्न उठाएको छ । प्रतिनिधसिभाको शुक्रबारको बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएपछि नैतिकता देखाउनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न उठाएका हुन् ।

“सरकारले असंबैधानिक रुपमा विघटन गरेको प्रतिनिधिसभा सर्बोच्चबाट पुनस्थापित भएको छ । यसको कांग्रेसले असंबैधानिक र अलोकतान्त्रि भन्दै वडातहसम्म पुगेर देशव्यापी विरोध गरेका थियो,” खाँणले भने, “सर्बोच्चको संबैधानिक इजलासबाट असंबैधानिक कदम खारेज गर्दै प्रतिनिधिसभा पुनस्थापित भएको छ । तर, सरकारले आफ्नो गलत कदलमको नैतिक जिम्मा लिनुपर्छकी पर्दैन ? असंबैधानिक कदम भनेर न्यायापालिकाले भनिसकेपछि विधिको शासन मान्छौ, संविधानवाद मान्छौ भनेर नैतिक उत्तरदायित्व लिनु पर्छ कि पर्दैैन ?” उनले प्रधानमन्त्रीले नैतिकताका आधारमा मार्ग प्रसस्त गरिदिनुपर्छ कि पर्दैन ? यो कुरा पनि सदने विचार गरोस् भन्दै प्रस्ताव राखेका थिए ।

“यो प्रश्न प्रधानमन्त्रीसँगै कार्यपालिकाका सदस्यहरुका लागि पनि हो । नैतिकताका मूल्य हुन्छ कि हुँदैन ?,” खाँडले परराष्ट्रमन्त्री ज्ञवालीतर्फ हेर्दै प्रश्न गरे ।

उनले वर्तमान सरका बनेदेखि नै संविधान र लोकतन्त्रमाथि प्रहार सुरु गरेको भन्दै अव सरकारसँग सत्तामा बसिरहने नैतिकता समाप्त भएको बताए ।

खाँणले भने, “यो सरकार बने देखि नै संविधानमाथी प्रहार सुरु गरेको हो । संविधानको मौलिक हकमा नै प्रहार थालेको सरकारले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गरेको थियो ।” उनले अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन ल्याएको सरकारले माइतिघरमा उभिएर बोल्न समेत प्रतिबन्ध लगाएको स्मरण गरे ।

“सरकारमा रहेका साथिहरु एकपटक छातिमा हात राख्नुस् र संविधान हेरेर भन्नुस् अग्रगमन भएको छ कि प्रतिगमन ?,” खाँणले मन्त्रीतर्फ हेर्र्दै प्रश्न गरे, “मिडियामाथि प्रतिबन्ध लगाउन मिडिया काउन्सिल विधेयक ल्याएको होइन । त्यहि हो अग्रगमन ?”

उनले गुठी विधेयकका नाममा गुठी नै समाप्त पारेर संस्कृति नै समाप्त पार्ने षडयन्त्र गरेर गरेको होइन भन्द्य्र प्रश्न गरेका खाणले विशेष सेवा विधेयकका नाममा “जोसुकैका फोन, मोवाइल ल्यापटप ट्रयाक गरेर गोपनीयताको मौलिक हकमाथी प्रहार गरेको होइन ?” भन्दै प्रश्न गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७७ शुक्रबार ००:००  ३ : ०१ बजे