८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

इङ्ग्ल्याण्डसँगको चौथो टी-२० क्रिकेटमा भारत ८ रनले विजयी



काठमाण्डौ ।
चौथो ट्वान्टी-ट्वान्टी क्रिकेटमा घरेलु टीम भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ८ रनले पराजित गरेको हो ।
इङ्ग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाएका थिए भने जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे ।
यस्तै भारतका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।​ शार्दुल ठाकुरले ३ विकेट लिए भने हार्दिक पाण्डय र राहुल चहलले २र२ विकेट लिए ।
श्रेयस एयरले ३७ रन बनाउँदा ऋषव पन्तले ३० रन बनाए । केएल राहुल १४, रोहित शर्मा १२, हार्दिक पाण्डय ११ रनमा आउट हुँदा शार्दुल ठाकुरले अविजित १० रन बनाए । कप्तान विराट कोहली १ रनमै आउट भए ।

यस्तै इङ्ग्ल्याण्डका जोफ्रा आर्चर ४ विकेट लिए । जितसँगै भारतको ५ खेलको सिरिजमा २ २ को स्थितिमा पुगेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १८५ रन बनाएर इङ्ग्ल्याण्डलाई १८६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरको खेलमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७७ शुक्रबार ००:००  ९ : ४५ बजे